लुम्बिनी प्रदेश सरकार

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नेपाल

१. IEE प्रतिवेदन स्वीकृत भएका वा  IEE प्रतिवेदन आवश्यक नपर्ने नयाँ उद्योगहरुको दर्ता सम्बन्धी कागजातहरुः-

(क) रु.१० को टिकट सहित निर्धारित ढाँचाको दरखास्त फारम

(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सक्कल नागरिकता साथ सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

(ग) उद्योग रहने सम्बन्धित गा.पा./न.पा. को वडा कार्यालयको चौतर्फि संधियार खुलेको सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र

(घ) लालपूर्जाको प्रतिलिपि (एकाघर परिवारको नाममा लालपूर्जा भए मन्जुरिनामा वा भाडा सम्झौता)

(ङ) जग्गाको हालसालै कर तिरेको रसिद 

(च) साझेदारी उद्योग भएमा साझेदारी करारनामा पत्र

(छ) प्रा.लि. को हकमा कम्पनी रजिष्ट्रारको कार्यालयाबाट प्राप्त कागजहरु

(ज) अन्य निकायको सिफारिस आवश्यक पर्ने भएमा सम्बन्धित निकायको राय प्रतिकृया वा सहमति / सिफारिस पत्र एवं दुरि एकिन (आवश्यकता अनुसार)

(झ) उद्योगको व्यवसायक स्किम (आवश्यकता अनुसार)

(ञ) पासपोर्ट साइजको फोटो २ प्रति